आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

एपी खबर २०८० श्रावण २४, बुधबार (१ महिना अघि) ३१ पाठक संख्या

विराटनगर : कोशी प्रदेश सरकारले विश्व आदिवासी तथा जनजाति दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अर्जुन निरौलाले आदिवासी तथा जनजातिहरू सम्मानमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको जनाएका हुन् ।

 

कोशी प्रदेश सरकारको वार्षिक क्यालन्डरमा नै प्रदेशभरी यो दिवसका दिन बिदा दिने तय गरिएको छ । कोशीमा आदिवासी तथा जनजाति समुदायको बसोवास अन्य प्रदेशको तुलनामा धेरै छ ।‘आदिवासी युवाहरू आत्म–निर्णयका लागि परिवर्तनका एजेन्टहरू’ भन्ने नारासहित आज अर्थात् ९ अगस्टमा अन्तर्राष्ट्रियरूपमा आदिवासी जनजाति दिवस मनाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस