आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

नेकपा एमाले बारा द्वारा कलैया उपमहानगरको २७ वटै वडाको इन्चार्ज तोकियो

AuthorAP Khabar२०८० श्रावण २८, आईतबार (१ महिना अघि) ४२ पाठक संख्या

धिरेन्द्र तिवारी – बारा: नेकपा एमाले पार्टी बाराको नगर कमिटिको बसेको बैठकले कलैया उपमहानगरपालिकाको २७ वटा वडाका ईन्चार्जहरुको जिम्मेवारी तोकिएको छ।

 

आईतबार कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित रहेको पार्टी कार्यालयमा नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य तथा कलैया उपमहानगरपालिका ईन्चार्ज एवं बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य माननीय महम्मद समिरको अध्यक्षतामा बसेको बैठकले २७ वटै वडाको इन्चार्ज तोकिएको हो ।

वडा नम्बर ३,२५ मा गोरख यादव ५,७ मा पुनदेव रौनियार ९ मा जोहरा खातुन ८,११ मा अलिराज हवारी ६ मा भवानी दुलाल १० ,२० मा शर्मा बैठा १४, २३ मा भिखारी साह बिद्रोही १८,१९ मा आसमहम्मद अन्सारी २१, २४ मा एम सैमुउल्लाह १५ , १६ मा जवाहिर अन्सारी १७ मा अमिन अन्सारी २ , ४ मा मोहन लामिछाने १ ,२२ मा अछुत पौडेल २६,२७ मा मदेश प्रदेश सभा सदस्य रबिन्द्र दास श्रेष्ठलाई ईन्चार्जको जिम्मेवारी तोकिएको छ ।

बैठकमा बारा क्षेत्र नम्बर २ का ईन्चार्ज बलबिर चौधरी, जिल्ला उपाध्यक्ष टिना सुवेदी, सचिव अद्ययानन्द पाण्डे, सुनिल पाल, जिल्ला सचिवालय सदस्य पुरुषोतम साह, रामेश्वर सिंह लगयतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस