आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

शास्वतधाम पुगे आचार्य धीरेन्द्रकृष्ण, सोमबारसम्म कथा वाचन हुने

एपी खबर २०८० भाद्र ३, आईतबार (१ महिना अघि) ४३ पाठक संख्या

नवलपरासी । पूर्वी नवलपरासीकाे दुम्काैली स्थित शाश्वत धाममा शनिबार देखि हनुमंत कथा वाचन सुरु  भएको छ । भारत मध्य प्रदेश बागेश्वर धामका पिठाधिस पण्डित आचार्य  धिरेन्द्रकृष्ण शास्त्री  बागेश्वर बाबाले हनमंत कथा वाचन सुरु गरेका हुन् ।शाश्वत धाममा बागेश्वर बाबाबाट वाचन हुने कथा श्रवणका लागि नेपाल तथा भारतका विभिन्न राज्यबाट आएका श्रद्धालुहरू बिहानैदेखि पर्खेर बसेका थिए ।बागेश्वर बाबा अबेर ५ बजे शाश्वत धाम परिसरमा आए पश्चात् कथा वाचन सुरु भएको हो ।

नेपालमा आई कथा वाचन गर्न पाउँदा आफू ज्यादै प्रफुल्लित  भएको बताउँदै बाबाले हनुमंत कथा भन्दा राजर्षि जनक र  माता जानकी, पशुपति र मुक्तिनाथकाे महिमा गानमै अधिकांश समय खर्चिए ।स्थानीय चौधरी ग्रुप अन्तरगत सिजी कर्पका प्रवन्ध निर्देशक वरुण चौधरिको निमन्त्रणामा नेपाल आएका बागेश्वर बाबाले शाश्वत धाममा रहेको एकाम्वेश्वर महादेवको दर्शन गरेका थिए ।

 

कथा वाचन कार्यक्रममा सांसद विनोद चौधरी परिवारसहित   उपस्थित थिए ।कथा श्रवण गर्न आएका सन्त महन्त तथा श्रद्धालुहरूले बाबासँगै भजन कीर्तन गरी  नाचगानमा रमेका देखिन्थे ।बाबामा चमत्कारिक एवं अलाैैकिक शक्ति रहेको र राेग निकाे पार्न भगवान् बालाजीको आशीर्वाद प्राप्त हुने विश्वासमा कतिपय बिरामी र उनका परिवार कार्यक्रम स्थलमा आइपुगेको एक श्रद्धालुले बताए ।शाश्वत धाममा सनातन धर्ममा आधारित वेद बिद्याश्रम, गौशाला, सरोबर,  गणेश , दुर्गा, बुद्ध, हनुमान  लगायत महाभारत कालिन देवमूर्ति, धार्मिक संग्रहालय तथा खजुराह शैलीको शिव मन्दिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस