बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ रामवनमा संघीय सांसद ज्वाला कुमारी साह द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।वडा न ३ को कार्यालयले नेपाल सरकारको मातहतमा ल्याएको १५ कठा सार्वजनिक जग्गामा आईतबार एक कार्यक्रमकोको बीच फलफूलको बिरुवा रोपेर बृक्षारोपन गरिएको छ ।बृक्षारोपन कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी पूर्व मन्त्रि एवं बारा ३ का संघीय सांसद ज्वाला कुमारी साहले बृक्षारोपन गरि कार्यक्रमको उद्घाटन गरेकी थीइन ।वडा अध्यक्ष तारा बहादुर कार्कीको अनुसार १५ कठा जग्गामा आँप,लिची,कटहर,अम्बा लगाएत प्रजातिको फलफूलको बिरुवा रोपिएको थियो ।वडा न ३ को कार्यालयले १ घर २ बिरुवा अभियान नै संचालन गरेको र सोहि अभियान अन्तर्गत आज सार्वजनिक जग्गामा फलफूलको बिरुवा रोपिएको वडा अध्यक्ष तारा बहादुर कार्कीले बताउनु भयो ।
वातावरण संरक्षण विश्वमै एक चुनौतीको रुपमा खडा भएकोले वडा न ३ को कार्यालयले वडा भरिनै वृक्षरोपण गर्ने अभियान संचालन गरिएको वडा सदस्य चिम बहादुर पाख्रिनले बताए । पाख्रिनले रोपिएको बिरुवाहरु संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन सके मात्रै वृक्षारोपणले सार्थकता पाउने बताएका छन् ।
वृक्षारोपण कार्यक्रममा बोल्दै पूर्व मन्त्रि साहले वन र वातावरण जनताका जीवनसँग जोडिएको भन्दै वनको विकास तथा वातावरण संरक्षणमा वृक्षारोपण अपरिहार्य रहेको बताईन ।प्राकृतिक विपतिका घटना रोक्नका लागि पनि वृक्षारोपण अपरिहार्य रहेको पूर्व मन्त्रि साहले बताईन ।कार्यक्रममा वडा सदस्य चिम बहादुर पाख्रिन,अनिता देवी खत्री,माया बिक,देवनारायण चौधरी,समाजसेवी,सुसिल ढोदारी,पशुराम पोखरेल,दिपक तामांग लगाएत स्थानियाहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस