आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले सिलाई कटाई लेडिज टेलर्सको उद्घाटन

अखिलेश यादव २०८० भाद्र ११, सोमबार (३ हप्ता अघि) २६ पाठक संख्या

बारा :बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले सिलाई कटाई लेडिज टेलर्सको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमको बीच वडा न ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताले रिबन काटेर सिलाई कटाई लेडिज टेलर्सको उद्घाटन गर्नु भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरको सहयोगमा लक्ष्य प्राप्ति संस्थाले आयोजना गरेको ४५ दिने सिलाई कटाई तालिममा सहभागी भएका मध्य १० जना महिलालाई छनौट गरिएर सिलाई कटाई लेडिज टेलर्स संचालनमा ल्याईएको वडा सदस्य सिता उप्रेतीले बताउनु भयो । जीतपुर बकुलिया रोडमा २ वटा सटर भडामा लिएर १० वटा सिलाई कटाई मेसिन राखेर अहिले टेलर्स संचालनमा ल्याईएको छ । वडा न ७ को कार्यालयले १ महिनाको सटर भडामा समेत तिर्ने वडा सदस्य उप्रेतीले बताउनु भयो ।उद्घाटन पछि बोल्दै वडा अध्यक्ष गुप्ताले मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने बताउनु भयो ।स्थानियहरुको माग अनुसार तालिम दिएकाले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवासायिक बन्न आग्रह गर्नुभयो । वडाले आगामी दिनमा थप सिप विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भयो ।त्यस्तै उहाँले यस बर्ष पनि महिलालाई आत्मनिर्भर बनाउनको लागि १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको समेत बताउनु भयो ।कार्यक्रममा नेकपा एमालेको बारा जिल्ला सल्लाहकार कमिटि सदस्य अफताब मिया ठकुराई,महिला सरोकार मंच जीतपुरका अध्यक्ष देवी सापकोटाले शुभकामना मन्तब्य राखेको थियो ।उक्त कार्यक्रममा वडा सदस्य नुरुल होदा,ललिता देवी पासवान लगाएत संचारकर्मीको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस