आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

गौहत्याको विरोधमा जीतपुरमा प्रदर्शन

अखिलेश यादव २०८० भाद्र १६, शनिबार (२ हप्ता अघि) ३३ पाठक संख्या

बारा : बाराको जीतपुरमा गौहत्या विरोध तथा गोरक्षाका लागि शान्ती र्‍याली निकालिएको छ। गौहत्या बन्द गर, हिन्दू राष्ट्र कायम गर भन्ने नारासहित जीतपुरको शान्ति टोल खेल मैदान बाट गोरक्षा बृहत्त शान्ती र्‍याली निकालिएको हो । जीतपुरको , नगरपालिका लाईन, जीतपुर नगर परिक्रमा गरि शान्ति टोल मैदानमा पुगेर कोण सभामा परिणत भएको थियो। कोणसभामा बोल्दै हिन्दू धर्मका अगुवाहरुले गाई मारेर खानु कानुन विपरीत हुनुका साथै संस्कृति र परम्पराको विपरीत रहेको बताए।उनीहरुले गौबध गर्नेहरु कहिल्यै हिन्दू हुन नसक्ने भन्दै सरकारले त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने बताए।त्यस्तै उनीहरुले धरानमा गाई काटेर खाएको भिडियो सार्वजनिक भए पनि सरकारले कारवाही नगरेको प्रति दुख प्रकट गरेको छ ।हिन्दू विरोधिहरु होसियार रहन वक्ताहरुले चेतावनी दिए। वक्ताहरुले गौहत्या बन्द गर्न र देशलाई हिन्दु राष्ट्र कायम गर्न माग समेत गरेको छ ।पछिल्लो समय गाईको मासु खाएको भिडियो सार्वजनिक भए पछि अहिले हिन्दु धर्म्वालाम्बीहरुले त्यसको बिरोधमा प्रदर्शन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस