आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

कोशी सरकारविरुद्धको रिटमा भोलिदेखि पूर्ण इजलासमा सुनुवाइ हुने

एपी खबर २०८० भाद्र १७, आईतबार (२ हप्ता अघि) २० पाठक संख्या

काठमाडौँ– कोशी प्रदेश सरकारविरुद्धको रिटमा भोलिदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा सरकारले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै सर्वोच्चमा रिट हालेको थियो ।

 

सोही मुद्दामा आज न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासमा पेशी तोकिए पनि थापा पक्षले पूर्णइजलासबाट सुनुवाइ गर्न माग गरेपछि विषयवस्तुमा प्रवेश नै नगरी मल्ल र माथेमाको इजलासले भोलिदेखि पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको हो।

 

एमाले संसदीय दलका नेता मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दर्ता गराएको उक्त रिट यसअघि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि खतिवडाले हेर्न नमानेपछि आजका लागि पेशी तोकिएको थियो ।

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस