आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरले मनायो श्रीकृष्ण जन्माष्टमी

अखिलेश यादव २०८० भाद्र २०, बुधबार (२ हप्ता अघि) २० पाठक संख्या

बारा : ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरको आयोजनामा श्रीकृष्ण जन्माष्टमी विभिन्न कार्यक्रम गरि मनाईएको छ।राजयोग केन्द्रको आफ्नै शुख शान्ति भवनमा विविध झाँकी सहित संस्कृतिक एवं आध्यात्मिक प्रवचन कार्यक्रमको साथ श्रीकृष्ण जन्माष्टमी मनाएको हो।


कार्यक्रममा प्रमुख अतिथी बारा क्षेत्र न ४ क का मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले विविध पर्वहरुको आध्यात्मिक रहस्य सहित मनाउदा सार्थकता हुने बताउनुभयो।कार्यक्रममा अन्य वक्ताले तनाव ब्यवस्थापनका लागि योग, ध्यान तथा सकारात्मक सोछ र सन्तुलित आहारविहार गर्ने तर्फ उन्मुख हुनेमा जोड दिनुभएको थियो।


श्रीकृष्णको जन्म भएको सम्झना यो पर्व मनाईएको छ । ज्ञान, भक्ति र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । कृष्णको अध्यात्मिकको बारेमा अजय गौरले प्रवचन दिनु भएको थियो ।


कार्यक्रममा ब्रह्माकुमारी रेनु बहनले योग,ध्यान र तपस्याले आध्यात्मिक जागृति एवं स्वयंको पहिचान,तनाव ब्यवस्थापन तथा द्वन्द्व न्यूनीकरण हुने बताउनुभयो ।कार्यक्रममा २८ नम्बर बाहिनी अडाका बाहिनी पति सानू काजी थापा, जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ता, वडा न ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी ,बिरगंज महानगरपालिका वडा न ३१ का वडाध्यक्ष जितेन्द्र यादव,नगर उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज कुमार गुप्ता,समाजसेवी गनेश साह,शिवजी साह लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस