काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। लगातार तीन दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज पनि घटेको हो। पछिल्ला तीन दिनमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको छ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको छ। यसअघि, बिहीबार छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको थियो।यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो। शुक्रबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर तोलाको १४ सय २५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो।
प्रतिक्रिया दिनुहोस