आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

बिल बिजक भन्दा बढी समान लोड रहेको २ वटा ट्रक बारा प्रहरीको नियन्त्रणमा

एपी खबर २०८० आश्विन ५, शुक्रबार (२ महिना अघि) ५५ पाठक संख्या

बारा : बारा प्रहरीले बिल बिजकभन्दा बढीको समान बोकेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ ।पथलैयाबाट खटिएको प्रहरीको विशेष टोलीले विशेष सूचनाको आधारमा शुक्रबार दिउसो ५१ लाख बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिएको हो । विरगंजबाट रुपन्देही तर्फ जादै गरेको वा.प्र.-०३–००१.ख.२३११ नं.को ट्रक रोकी चेक जाँच गर्दा विलबिजक भन्दा ५१ लाख ४६ हजार ७ सय २४ रूपैया बढीको खुद्रासामानहरु फेला परेको थियो ।

 

 

खुद्रा सामानहरु सहितको ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले बताउनु भयो । त्यस्तै प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुर बाट पनि बिल बिजक भन्दा बढी हार्डवेयरको समान रहेको ट्रक शुक्रबार नै नियन्त्रणमा लिएको छ ।ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीको विशेष टोलीले विशेष सूचनाको आधारमा बिरगंजबाट रौतहट तर्फ जादैगरेको ना.३.ख.४४९१ न.को ट्रकलाई रोकी चेक जाँच गर्दा विलबिजक भन्दा बढीको हार्डवेयर तथा खुद्रा सामानहरु फेला परेको थियो । अन्दाजी ३२ लाख ६ हजार ३ सय २२ रुपैया ५ पैसा बराबरको हार्डवेयर तथा खुद्रा सामान सहित उक्त ट्रक नियन्त्रणमा लिई आवश्य ककानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस