आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न

अखिलेश कुमार यादव २०८० आश्विन ६, शनिबार (२ महिना अघि) ८० पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ जीतपुर स्थित जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्था स्थापना भएको १८ वर्ष पुरासँगै १८ औं साधारण सभा सम्मान तथा संस्थाको गत वर्षका विभिन्न प्रतिवेदनहरु पारित गर्दै साधारण सभा सम्पन्न भएको हो ।संस्थाका अध्यक्ष गोपाल सिंह कंडेलको अध्यक्षता तथा बारा क्षेत्र न ४ क का मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष सहित विभिन्न प्रतिवेदनहरु सर्वसम्मत रुपले पारित भएको हो ।  १ करोड १२ लाख बराबरको नाफा गरेको जनाएको छ । संस्थाले न्यून्तम दरमा सेयर सदस्यहरुलाई ऋण लगानी गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।साधारण सभामा शुभकामना मन्तब्य दिदै मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले यस जनक्लयाण बहुउद्देश्यीय सहकारी संस्थाले वास्तवमा यस क्षेत्रका जनताको कल्याण गरेको अनुभुति भएको बताउनु भएको थियो । उँहाले शेयर सदस्यहरु एउटै सहकारी संस्थामा आबद्ध भई आफ्ना आर्थिक कारोबार सहकारी मार्फतनै गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशिष्ट जीतपुरसिमरा उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख सुधन चौधरीले सहकारीहरु सँख्यात्तमकभन्दा गुणात्मक तरिकाले बृद्धि भई साधारण सदस्यहरुको जिवन उकास्ने कार्यक्रममा थप जोड दिनुपर्ने आवश्यक्ता औल्याउनु भयो ।जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना संस्थाका १० जना शेयर सदस्यहरुलाई सम्मान गरेको छ भने यस बर्षको उत्कृष्ट कर्मचारी सम्मान बाट गोमा गिरि समानित भएकी हुन् ।संस्थाका शेयर सदस्य लगाएत वडा न ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीले शुभकामना मन्तब्य राखेका थिए  । त्यस्तै आजै संस्थाले अधिवेशन समेत सम्पन्न गरेको छ संस्थाको अधिवेशन बाट अध्यक्षमा गोपाल सिंह कंडेल.उपाध्यक्षमा गणेश जी प्रसाद साह कलवार,सचिवमा कपिलदेव प्रसाद यादव,कोषाध्यक्षमा श्रीकिरण प्रकाश गिरि पुनः नर्विरोध चयन भएका छन् ।१८ औं बार्षिक साधारण सभा कार्यक्रमको सहजीकरण आत्मराम अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस