बारा : ११ बर्षिय अपाङ्ग बालिका बलत्कारको आरोपमा बारा प्रहरीले एक जना बृद्धलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका वडा नं. १२ रामथली बस्ने ६० वर्सिया सोमबहादुर लुङ्ग्बा रहेको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।
घटनापछि फरार रहेका लुङ्वालाइ अस्थायी प्रहरी पोस्ट रतनपुरले निजगढ ११ स्थित आफन्तको घरमा लुकेर बसेको अबस्थामा शुक्रबार राती करिब ११ बजे नियन्त्रणमा लिएको हो। बालिकाको घर नजिकै जजङ्गलमा बाख्रा गोठालो गएका लुङ्वाले घरमा कोहि मान्छे नभएको मौका छोपेर शुक्रवार बालिकामाथी बलात्कार गरेका थिए।
बालिकालाई गएरातिनै उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको र थप उपचारका लागि हाल नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा उपचार भैरहेको डिएसपी दधिराम न्यौपानेले जानाकारी दिनुभयो। आमासँगै घरमा बस्दै आएकी बालिका जन्मदेखिनै हिंडन र बोल्न नसक्ने अवस्थाकी छिन । लुङ्वाले नियन्त्रणमा लिएर प्रहरीले ठप्प अनुसन्धान गरिरहेको छ
प्रतिक्रिया दिनुहोस