आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

आन्दोलनरत चिकित्सक र सरकारी पक्षबीच सहमति

एपी खबर २०८० आश्विन ९, मंगलबार (२ महिना अघि) ५६ पाठक संख्या

काठमाडौं- आन्दोलनरत चिकित्सक र सरकारी पक्षबीच सहमति भएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सहमति भएपछि आन्दोलन फिर्ता भएको छ। मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य संस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्ने निर्णय भएको छ।

 

साथै अहिले जहाँजहाँ घटना भएको छ, त्यसमा संलग्नहरुलाई ऐनअनुसार कारबाही गर्ने सहमति पिन जुटेको छ।मणिपाल शिक्षण अस्पताल पोखरालगायत स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सक आन्दोलनमा उत्रिएका थिए।

प्रतिक्रिया दिनुहोस