आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकहरूले बिहीबार पनि काठमाडौंमा गरे प्रदर्शन

एपी खबर २०८० आश्विन ११, बिहिबार (२ महिना अघि) ८१ पाठक संख्या

काठमाडौँ– चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा पनि राज्यले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरूले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

 

प्रदर्शनका क्रममा उनीहरूले स्वास्थ्यकर्मी कुट्न पाइदैन, शान्ति सुरक्षा कायम गर लगाएका नारा लगाएका थिए । देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित)ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था लागू गर्नुपर्ने उनीहरूको माग छ ।

 

यस्ता गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ ।मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस