आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

बारामा विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्नेको लर्को

अखिलेश कुमार यादव २०८० आश्विन ११, बिहिबार (२ महिना अघि) ८० पाठक संख्या

बारा : बारामा दिन प्रतिदिन बिभिन्न पार्टी परित्याग गर्दै नेकपा एमाले प्रवेश गर्नेको संख्या वृद्धि भएको छ ।जिल्लामा ठूला संख्याका नेता तथा कार्यकर्ताहरु नेकपा एस ,नेकपा मावोवादी,नेपालि कांग्रेस परित्याग गरि नेकपा एमाले प्रवेश गरेका छन् ।बिहिवार सिमरा स्थित जिफन्ट कार्यालयमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।नेकपा एमालेको उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थ मन्त्रि बिष्णु पौडेलको प्रमुख अतिथ्यता एवं नेकपा एमालेको सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई ,पोल्युट ब्युरो सदस्य ज्वाला कुमारी साह,पोल्युट ब्युरो सदस्य पुरुषोतम पौडेल र केन्द्रिय सदस्य एकबाल मिया को विशिष्ट अतिथ्यतामा आज नेकपा एस पार्टी परित्याग गरि दर्जनौ कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।जीतपुरसिमरा उपमहानगरपालिकाको बिभिन्न वडा बाट नेकपा एस बाट भारि मात्रमा नेता तथा कार्यकर्ताहरु मधेश प्रदेश सदस्य सुन्दर बिश्वकर्माको पहलमा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्रि पौडेलले वर्तमान सरकार कामचलाउ सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए । माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठ गाँठलाई मापसे सरकारको संज्ञा दिदै वर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उनको भनाई छ । नव पार्टी प्रवेशीहरुलाई उपाध्यक्ष बिष्णु पौडेल,सचिव योगेश भट्टराई,पोल्युट ब्युरो सदस्य ज्वाला साह, पुरुषोतम पौडेलले अबिर र खादा ओढाएर पार्टीमा स्वागत गरेका छन् । एमालेको जीतपुरसिमरा नगर कमिटि सचिव रत्न उप्रेतीको अध्यक्षतामा आयोजीत कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश सदस्य मनोज पौडेल,जिल्ला सचिवालय सदस्य तारा बहादुर कार्की,रबिन्द्र खकुरेल लगाएतको नेता कार्यकर्ताहरुको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस