आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

डीभी आवेदन खुला, कात्तिक २१ गतेसम्म भर्न सकिने

एपी खबर २०८० आश्विन १८, बिहिबार (१ महिना अघि) ५७ पाठक संख्या

काठमाडौँ– सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुला भएको छ ।काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो ।

 

आवेदन अवधि आगामी कात्तिक २१ गते नेपाली समय अनुसार राति पौने ११ बजे बन्द हुनेछ । अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अमेरिका जानेहरूले उतैको ग्रिनकार्ड पाउने गर्छन् ।डीभी आवेदन https://dvprogram.state.gov/मा गएर आफै भर्न सकिने दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस