आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

सुनको मूल्य १०० रुपैयाँले घट्यो

एपी खबर २०८० आश्विन २४, बुधबार (१ महिना अघि) ४६ पाठक संख्या

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १०० रुपैयाँले घटेको जनाएको छ ।

 

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय र तेजाबी सुन १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने स्थित रहेको छ । आज हिजोकै मूल्य १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस