आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

९ दिने दुर्गा पुजाको अन्तिम रात्रीकालिन कार्यक्रम समापन

एपी खबर २०८० कार्तिक ८, बुधबार (१ महिना अघि) ५३ पाठक संख्या

बारा :दुर्गा पूजा समिति जीतपुरको आयोजनामा शान्ति टोल खेल मैदानमा सञ्चालन गरिएको ९ दिने दुर्गा पुजाको अन्तिम रात्रीकालिन कार्यक्रम मंगलबार समापन भएको छ । कार्यक्रमका प्रमुख अतिथि बारा क्षेत्र न ३ का सांसद एवं पूर्व मन्त्री ज्वालाकुमारी साहले ९ दिने दुर्गा पुजाको अन्तिम रात्रीकालिन कार्यक्रमको उद्घाटन गर्दै सोही अवसरमा जीतपुर बजारलाई अझ सुन्दर र आकर्षक बनाउन आफुले सहयोगको लागि पहल गर्ने बताईन ।
घटस्थापना देखि सञ्चालन गरिएको रात्रिकालिन कार्यक्रममा प्रत्येक साँझ भजन, कृतन, चण्डी पाठ पारायण नवदुर्गाको पुजा गरिएको थियो ।पवन शास्त्रीले ९ दिन सम्म चण्डी पाठ पारायण गर्नुभएको थियो ।दुर्गा पूजा समिति जीतपुरले दुर्गा पुजामा सहयोग गर्ने व्यक्ति लगाएत संघ संस्थालाई समेत सम्मान गरेको पूजा समितिको अध्यक्ष सन्तोष साहले जानकारी दिनु भयो । ९ दिने दुर्गा पुजाको अन्तिम रात्रीकालिन कार्यक्रमको अवसर पारेर शान्ति टोल मैदानमै ४५ फिटको रावानको पुत्ला समेत दहन गरिएको आयोजकले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले मर्यादा पुरुष श्रीरामको रुप धारण गरि रावनको पुत्ला दहन गरेको आयोजकले जानेको छ । ९ दिने दुर्गा पुजाको अन्तिम रात्रीकालिन कार्यक्रममा पूर्व मन्त्रि ज्वाला कुमारी साहलाई आयोजकले सम्मान समेत गरेको छ । उक्त कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडा सदस्य नबिन मैनाली,नूर हुदा ,समाजसेवी अनिल गुप्ता,श्रवन गुप्ता, लगाएत पूजा समितिको पादधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस