आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर ज्यान गयो

एपी खबर २०८० कार्तिक ८, बुधबार (१ महिना अघि) ४५ पाठक संख्या

रुपन्देही – दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर ज्यान गएको छ ।ज्यान जानेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

 

त्यसै ठाउँका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताउनुभयो । बेपत्ता सन्तकुमारको खोजी भैरहेको उहाँले बताउनुभयो । रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस