धिरेन्द्र तिवारी ,बारा : जिल्ला प्रहरी कार्यालय बाराले बाराका आम समुदयहरुलाई सुरक्षा दिनमा असकक्षम रहेको बाराबासीको गुनासो रहेको छ । त्यसतै जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक कमलेश यादवले सेवाग्राहिहरुलाई दुर्व्यवहार गर्नु साथै ब्रहमलूट मचायका छन ।
बिहिवार मुद्दा शाखामा कलैया उपमहानगरपालिका वडा नम्बर ६ का एक जना सेवाग्राहिले आफ्नो चेक सम्बन्धिको मुद्दाबारे सोधपुछ गर्न जादा प्रहरी सहायक निरीक्षक कमलेश यादवले उक्त सेवा ग्राहिलाई दुर्व्यवहार गरेको सेवाग्राहीले आरोप लगाएको छ । आफ्नोे पहुँच ठुलो हाकिम सङ्ग रहेको भन्दै सेवाग्राहीलाई प्रहरी सहायक निरीक्षक यादवले धर्काउने समेत गरेको आरोप लागेको छ ।
स्रोतका अनुसार प्रहरी सहायक निरीक्षक कमलेश यादवले कलैया उपमहानगरपालिका वडा न १ मा डेरालियर बस्दै आयका छ्न। र चेक सहित अन्यमुद्दाका सेवा ग्राहिहरुलाई आफ्नोे डेरामा बोलाएर डिलगर्ने कार्यगरेको श्रोतले दाबि गरेको छ । सेवाग्राहीले पैसा दिन न माने पछि प्रहरी सहायक निरीक्षक कमलेश यादवले त्यस्ता सेवाग्राही माथि दुर्व्यवहार समेत गर्ने गरेको श्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस