आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

सिन्धुलीमा करेन्ट लागेर १५ वर्षका एक किशोरको मृत्यु

AuthorAP Khabar२०८० कार्तिक २९, बुधबार (२ हप्ता अघि) २२ पाठक संख्या

काठमाण्डौ – सिन्धुलीमा करेन्ट लागेर १५ वर्षका एक किशोरको ज्यान गएको छ । सुनकोशी गाउँपालिका–५ पुरानो झागाझोलीका १५ वर्षका जस्बिन रानामगरको आफ्नै घरमा करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

 

स्पिकर बजाउने क्रममा विद्युत् सर्ट भइ करेन्ट लागेपछि उनी बेहोस भएका थिए । उपचारको लागि तत्कालै एम्बुलेन्सद्धारा आत्मीय अस्पताल खाल्टेमा लगिएकोमा राति डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस