आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

बसबरियामा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

एपी खबर २०८० मंसिर २, शनिबार (२ हप्ता अघि) १३ पाठक संख्या

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकामा बसबरिया काठमाडौं सेवा समाजको आयोजनामा शुभ दिपावली तथा छर्ठ पर्वको शुभ अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बसबरिया -३ भवानीपुर स्थित मावी विधालयको प्राङ्गणमा मधेस सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न उहाँको स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए ।

 

 

शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै मधेस प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले कार्यक्रम आयोजनाका लागि बसबरिया काठमाडौं सेवा समाजलाई विशेष धन्यवाद दिए । उहाँले हिन्दुहरुको महान पर्वको पावन अवसरमा सम्पुर्ण बसबरिया गाउँपालिका वासीको सुस्वास्थ दिर्घाय तथा सुस्वास्थको कामना गर्दै गाउँवासी लगायत आयोजक संस्थालाई जस्तोसुकै सहयोग गर्न हरपल तयार रहेको उहाँले विश्वास दिलाए ।

 

 

आफु मधेस प्रदेशका स्वास्थ मन्त्री भएका नाताले सहयोगका लागि आउने जुनसुकैलाई पार्टी,जातिको आधारमा कुनै भेदभाव नगरी सहयोग गर्ने उहाँले प्रतिबद्धता दिलाए ।बसबरिया काठमाडौ समाजले स्थानीय आपतविपद परेको बेला आर्थिक सहयोय तथा उपचार गराउदै आएको कामको प्रशंसा गर्दै आफनो दायरा फराकिलो बनाई समाजको समृद्धि र विकासका लागि समेत हातेमालो गरेर अघि बढन उहाँले सुझाए ।

बसबरियामा बृहत् रुपमा चाडैं शल्यक्रिया सहितको स्वास्थ शिविर सन्चालन गरिने उहाँले जानकारी गराए । मन्त्रं सिंहले भने । युवाहरू समाज परिवर्तनको सम्वाहक रहेको बताउदै बसबरिया गाउँपालिका समेत राजनीतिक रुपमा रोगी भएको भन्दै सबै मिलेर उपचार गर्नुपर्ने बताए ।

 

बसबरिया गाउँपालिकाको प्रशासकिय भवन साविक ठाउँबाट विभिन्न बहानामा अन्यत्र सार्ने राजनीतिक हुँदै आएको दाबी गर्दै यस्ता कार्य कुनै शर्तमा स्वीकार्य नहुने उहाँले चेताए ।समाजमा समाजिक सद्भाव तथा भाईचरा कायम गर्ने उदेश्यले शुभकामना अदानप्रदान कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष राजकिशोर यादवले बताए । समाजको नेतुत्वमा गरिब तथा विपन्न गाउँवासीहरुलाई आर्थिक सहयोग सहितको औषधी उपचार गराउदै आएको बताउदै उहाँले अगामी दिनहरुमा समेत समाजसेवामा अझ सक्रिय भएर हाम्रो टिम लाग्ने प्रतिबद्धता उहाँले व्यक्त गरे ।

 

 

कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भाईबहिनीहरुलाई फुलको माला र पुरुस्कार सहित सम्मान गरिएको कार्यक्रम सन्चालक रविन्द्र यादवले जानकारी दिए ।कार्यक्रममा बसबरिया गाउँपालिका अध्यक्ष रामसिहासन यादव, निर्वतमान अध्यक्ष रामअयोध्या, यादव वडा न-३ का वडाअध्यक्ष नन्दलाल महतो, वडाअध्यक्ष प्रत्याशी शिवशंकर कुशवाहा, युवा नेता सरोज यादव, अनिल यादव, समाजका प्रतिनिधि लगायत स्थानीय भद्रभलादमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस