आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

४० वर्ष पहिले निर्माण भएका महेन्द्र राजमार्गका अधिकाशं पुलको अवस्था जिर्ण

AuthorAP Khabar२०७५ कार्तिक ११, आईतबार (५ साल अघि) ४९७ पाठक संख्या

AP डेस्क
जीतपुर,कार्तिक ११ : करिब ४० वर्ष पहिले तत्कालिन सोभियत संघ रुसको सहयोगमा निर्माण गरिएका महेन्द्र राजमार्गमा रहेको पुलको अवस्था दिन प्रती दिन विग्रीदै गएको छ । पुलमा भार वहान क्षमता भन्दा अत्याधिक ओभर लोड राखेर माल बहाक सवारी साधनहरु गुडेपछि दिन प्रती दिन पुलको अवस्था विग्रीदै गएको हो ।
पुर्व पश्चिम राजमार्गमा पर्ने पुलहरुलाई पुनः निर्माणमा राज्यले चाँसो नदिदा यस पुलहरुको अवस्था विग्रीदै गएको पाइएको छ । सोभियत संघले निर्माण गरेको बखत ६ चक्का सम्मका सवारी साधानहरु गुडेपनि हाल १० चक्का, १२ चक्का, १४ चक्का हँुदै १८ चक्का, २४ चक्का भएका माल बहाक सवारी साधन र अत्याधिक लोड राखेर सावारी साधन र टिपरहरु गुडे पछि पुल र सडकको अवस्था कमजोर बन्दै गएको हो ।
अत्याधिक भार वहान रोक्न र सुधार गर्न राज्यले बेलैमा चाँसो नदेखाउँदा अहिले पुल र सडक जीर्ण भएको प्रदेश नम्बर २ को प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका ट्राफिक प्रहरी उपरिक्षक किरण बज्राचार्यले जानकारी दिनुभएको छ । उहाँले बारामा प्रति महिना ५ देखि १० वटा सम्म दुर्घटना हुँने गरेको समेत जानकारी दिनुभयो ।
बारामा पर्ने पूर्व—पश्चिम राजमार्गका अधिकांश ठूला पुलहरुको अवस्था दयनिय भएको छ । केही वर्ष यता पुलमा गाडी जाने बितिकै भुकम्प आए जस्तै हलिने गरेको छ । जसबाट पुलको अवस्थाको बारे सहजै अनुमान लगाउँन सकिन्छ ।
यो संकेत राम्रो होईन् । यसरी पुलहरु हलिनुले पुलको अवस्ता पुर्ण रुपले खराब भएको ईन्जीनियर सौम्या आनन्दले बताउनुभएको छ । राजमार्ग अन्र्तगत बारामा पर्ने बकैया पुल, पसाह पुल, दुधौरा पुल, १, २ र ३ नम्बर पुल, जीर्ण भई सकेका छन् । यसैगरी पथलैया– निजगढ सडकमा रहेको दुधौरा पुलको दुई पटक पिल्लर भाँसी सकेको छ । मर्मत गर्दै काम चलाउँन गरि रहेको छ ।
बित्दै गरेको दशैं र नजिकिदै गरेको तिहार एवम छठ पर्व नजिकीदै गर्दा पनि सडकमा परेका खाल्टा खुल्टी पुर्न, मर्मत सम्भार गर्न सडक विभागले खासै चासो दिएको छैन । जसका कारण वर्षेनी हुने गरेको सडक दुर्घटनाका कारण कतिले अकाल मैं ज्यान गुमाउ छन् भने कति अपाङ्ग भएका जीवन बाच्न बाध्य हुनछन् ।

प्रतिक्रिया दिनुहोस