आज:  २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा मेला हेर्न गएका पुरुष मृत अवस्थामा भेटिय

AuthorAP Khabar २०७५ मंसिर १, शनिबार ( ७ साल अघि) ८८५ पाठक संख्या

AP संवादाता

कलैया, मंसिर १ : बारामा एक जना पुरुष मृत भेटिएका छन् ।बाराको आदर्श कोतवाल वडा नम्बर ८ स्थित रहेको बेलवा डीह मेला हेर्न गएका एक व्यक्ति मृत फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श चुउटाहाका प्रहरी नायब निरिक्षक अशोक कुमार कुर्मीले जानकारी दिनुभएको छ।

बाराको आदर्श कोतवाल वडा नम्बर ८ स्थित रहेको बेलवा डीह मेला हेर्न गएका सिम्रौनगढ़ नगरपालिका वडा नम्बर १० देवापुर टेटा निवासी ३० बर्षीय इनरदेव यादवको मृत्यु भएको हो ।

शुक्रबार राति नाच हेर्न गएका यादव शनिबार बिहान मृत भेटिएको छ । मेला हेर्न गएका व्यक्ति आज विहान अचानक मृत फेला परेपछि घटना रहस्यमय बनेको आफन्तको भनाई रहेको छ ।

घटनाको बारे प्रहरी अनुसंधान गरीरहेको जील्ला प्रहरी कार्यलय बाराले जनाएको छ । साथै शव पोष्टमार्टमको लागि कलैया अस्पतालमा लगिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस