आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमै सबैभन्दा बढि करतिर्ने करदाताको सुचिमा बारामा संचालित सुर्य नेपाल पर्न सफल

AuthorAP Khabar २०७५ मंसिर १, शनिबार ( ७ साल अघि) ७९९ पाठक संख्या

काठमाडौं, मंसिर १ : नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ । आन्तरिका राजश्व विभागले सातौं कर दिवसका अवसरमा शनिबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो ।
त्यसैगरी व्यक्तिगत तर्फ सबै भन्दा धेरै आयकर तिर्नेमा उद्योगी सिद्धार्थ राणा रहेका छन् । उनलाई पनि कार्यक्रममा सम्मान गरिएको छ । विभागले क्षेत्रगत रुपमा सबै भन्दा बढी आय कर तिर्ने अन्यलाई पनि सम्मान गरेको छ । निर्यात उद्योग तर्फ सबै भन्दा धेरै कर तिर्ने डाबर नेपाल, उद्योग तर्फ हिमाल पावर कम्पनी ,कृषि तथा व्यापारमा प्रो बायोटेक प्रालि, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त, बैंक तथा वित्तिय संस्थातर्फ नबिल बैंक, बिमा व्यवसाय तर्फ नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्य तथा शिक्षा तर्फ नोबेल मेडिकल कलेज, सूचना प्रविधि तर्फ एफ वान सफ्ट इन्टरनेशनल, पर्यटन तर्फ तारागाँउ रिजेन्सी होटल, व्यापारमा सिप्रदी ट्रेडिङ सम्मानित भएका छन् ।
त्यसैगरी ४० करोड रुपैंयासम्म व्यवसाय गर्नेबाट सबै भन्दा बढी आय कर तिर्ने नेपाल इन्भेष्टमेन्ट लिमिटेड र ४० देखि ८० करोड रुपैया कारोबार गर्ने मध्येबाट नेपाल धितोपत्र बिनिमय बजार सम्मानित भएका छन् । त्यसैगरी पछिल्लो १० वर्षमा मुल्य अभिवृद्धिकर विवरण समायमा पेश गरि कर चुक्ता गर्ने कम्पनी मध्येबाट घोराही सिमेण्ट सम्मानित भएको छ ।
आन्तरिक राजश्व विभागले सबै भन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका १५ संस्था तथा व्यक्तिलाई कर दिवसको अवसरमा सम्मान गरेको हो । कर तिर्नुपर्छ भन्ने जनचेतना फैलाउने उद्देश्य साथ हरेक वर्ष कर दिवसका दिन विभिन्न क्षेत्रबाट सबै भन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ । सम्मानित सबैलाई अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका थिए ।
हेर्नुस् सूचीः

प्रतिक्रिया दिनुहोस