आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

१२६ घन्टा नाचेर नेपाली चेलीको रेकर्ड

AuthorAP Khabar २०७५ मंसिर १३, बिहिबार ( ७ साल अघि) ६२८ पाठक संख्या

काठमाडौं, मङ्सि १३:१७ वर्षीया बन्दना नेपालले लगातार १ सय २३ घन्टा भन्दा बढी शास्त्रीय नृत्य गरेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल भएकी छन् ।

बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य भएको हो । गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल भए पनि उनले बुधबार दिउँसो ३ बजेसम्म नाचेकी थिइन् ।

गिनिज बुक अफ वर्ल्डको रेकर्डअनुसार अहिलेसम्म सबैभन्दा लामो समय नृत्यको रेकर्ड भारतले बनाएको थियो । सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर अहिलेसम्मकै सबैभन्दा लामो समय निरन्तर नृत्य गरेको विश्व रेकर्ड गिजिन बुक अफ वर्ल्ड रेकर्डमा लेखाएकी हुन् । कलामण्डलमको यो रेकर्ड तोडेर त्यो भन्दा बढी लगातार नृत्य गर्दै विश्व रेकर्ड कायम गर्ने अभियानमा बन्दना थिइन् ।

धनकुटा, महालक्ष्मी नगरपालिका–९ की बन्दना अहिले काठमाडौंको चेल्सी स्कुलमा १२ कक्षा पढ्दै छिन् । बुबा राम नेपालका अनुसार उनी बाल्यकालदेखि नै नृत्य भन्ने बितिक्कै हुरुक्क हुन्थिन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस