आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रियंकाको बिहे पार्टीमा पुगे मोदी

AuthorAP Khabar२०७५ मंसिर १९, बुधबार (५ साल अघि) ४४९ पाठक संख्या

काठमाडौं ,मंसिर १९:  बलिउड नायिका प्रियंका चोपडा र निक जोनसको भव्य बिहे पार्टी दिल्लीमा सम्पन्न भएको छ । प्रियंका र निकको बिहे पार्टीमा शुभकामना दिनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगे । उनी र नायिका चोपडाको गफगाफको भिडियो अहिले भाइरल भैरहेको छ । मोदीले प्रियंका र निकलाई वधाई तथा शुभकामना दिएका थिए ।

सो अवसरमा प्रधानमन्त्री मोदीले प्रियंकाको परिवारसँग पनि भेटघाट गरेका थिए । बिहे अगाडि नै प्रियंका मोदीलाई बिहेको निम्तो दिन पुगेकी थिइन् । यसअघि मोदीले नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको बिहे पार्टीमा पनि सहभागीता जनाएका थिए । यसपछि उनी बलिउडकी अर्की नायिकाको बिहे पार्टीमा पुगेका हुन् ।

निक र प्रियंकाले अब मुम्बइमा बिहे पार्टीको आयोजना गर्दैछन् । उनीहरुले आफ्नो बिहेलाई निकै नै गोप्य राख्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस