आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरको गढिमाइ मन्दिरमा सरसफाइ सम्पन्न

AuthorAP Khabar २०७५ भाद्र ५, मंगलबार ( ७ साल अघि) ७३४ पाठक संख्या

जीतपुर : बाराको जीतपुर रहेको गढिमाइ मन्दिरमा सरसफाइ गरीएको छ । बरखगण सुरक्षा सेमु जितपुरको आयोजनामा सो सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।
मन्दिर परिसरमा फोहर बढदै गएपछि सो सरसफाइ गरीएको गणका प्रनानि अभिषेख कार्कीले जानकारी दिए । उनले गणका विभिन्न टालीले जिल्ला भरीनै सरसफाइ गरेको समेत बताए ।
सरसफाईमा सशस्त्र प्रहरी बल जीतपुरका प्रहरी निरिक्षक श्याम के.सि., गढिमाइ नगरपालिकाका कार्यकारी अधिकृत दिल्लीराज वेलबासे, उद्योग वाणीज्य संघ जीतपुरका अध्यक्ष घन्श्याम गिरी, फकिरा गिरी राजेश्वर गिरी उच्च माविका ब्यवस्थापन समितिका अध्यक्ष अमर यादब, इलाका प्रहरी कार्यलय जितपुरका प्रहरी सहायक निरिक्षक सरोज चौधरी लगाएत स्थानिय क्लब, संघ सस्थाका प्रतिनिधी, राजनितीक दलका प्रतिनिधीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस