आज:  २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

‘धान्दैन स्वदेशी उत्पादन’

AuthorAP Khabar २०७५ मंसिर २८, शुक्रबार ( ७ साल अघि) ६६६ पाठक संख्या

काठमाडौं , मङ्सिर २८  : अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो उत्पादनले मात्रै धान्ने अवस्था नरहेकाले नेपालले आयातमा अझै जोड दिनु परेको स्पष्ट पार्नु भएको छ । अर्थमन्त्री खतिवडाले पूँजी निर्माणका लागि आयात गर्नुपर्ने भएकाले नेपाल जस्तो देशमा भइरहेको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन पनि अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गर्नु भयो । उहाँले उत्पादन र अर्थतन्त्रमा गुणात्मक वृद्धि गर्ने बस्तुको आयातबाट आत्तिन नहुने पनि स्मरण गराउनु भयो ।

विश्व बैंक र साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारोमेन्टले तयार पारेको ‘ए ग्लास हाल्फ फुल’ प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले नेपाल जस्तो देशले अन्तराष्ट्रिय बजारमा आफ्ना तुलनात्मक लाभका क्षेत्रका बस्तुहरु उत्पादन गरेर बजारीकरण गर्नुपर्नेमा पनि जोड दिनु भयो । उहाँले दक्षिण एशीयामा एउटै मुलुकको अर्थतन्त्रको कूल हिस्सा ८० प्रतिशत रहेको उल्लेख गर्दै यस क्षेत्रको व्यापार पारस्पारिक हुन नसक्ने तर्क पनि गर्नु भयो ।

अर्थमन्त्री खतिवडाले नेपालले आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिएको पनि बताउनु भयो । प्रतिवेदनमा नेपालमा व्यापार घाटा बढदै गएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस