भाद्र , २१ : रेलवे स्टेशनमा गीत गाएर चर्चामा आएकी रानू मण्डल पछिल्लो समय बलिउडको मसला बनेकी छिन् ।रेलवे स्टेशनमा उनले गाएको गीत सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई सलमान खानदेखि गायक हिमेशसम्म धेरैले उनको तारिफ गर्दै विभिन्न सहयोग गरेका छन् । भने उनले तीनवटा गीत बलिउडका लागि गाइपनि सकेकी छिन् ।उनले रेलवे स्टेशनमा स्वरकी धनि लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है..’ बोलको गीत गाएर अचानक सफलता हात पारेकी थिइन् ।
यसैबीच, गायिका मंगेशकरले उनको बारेमा बोल्दै अरुको नक्कल गरेर मानिसको ध्यान मात्र खिच्न सकिने तर सफलता हात पार्न नसक्ने भन्दै रानूलाई आफ्नै शैली विकास गर्न सुझाव दिएकी छिन् ।उनले भनिन्, ‘यदि मेरो नाम र कामले कसैको भलो हुन्छ भने त्यो मेरो भाग्य हो । तर मलाई लाग्छ कसैको नक्कल गरेर तपाईं लामो समयसम्म सफल हुन सक्नुहुन्न । मेरो गीत वा किशोर कुमार, रफी साहब वा मुकेश भाईका गीत गाएर उम्रिएका गायक/गायिकाले केहि समय ध्यान तान्न त सक्छन् तर सफल हुन सक्दैनन् ।’
उनले भने, ‘तपाईं मेरो वा मेरा साथीहरुको गीत गाउँन चाहानुहुन्छ भने गाउनुहोस् । तर तपाईंले आफ्नै शैली विकास गर्नुपर्छ ।’
रातोपाटि ;











प्रतिक्रिया दिनुहोस