आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बेइजिङको वक्तव्यप्रति अमेरिकी चासोः इन्डो–प्यासिफिक मामिलामा नेपाल सरकारसँग जानकारी माग

AuthorAP Khabar २०७६ भाद्र २६, बिहिबार ( ६ साल अघि) ४७४ पाठक संख्या

भाद्र , २६ : अमेरिकाले अगाडि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ लाई नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर अमेरिकाले नेपालको धारणा माग गरेको छ ।

‘हामी (यसबारे) नेपाल सरकारका अधिकारीहरुको स्पष्टीकरणको प्रतिक्षामा छौं,’ काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता एन्डी आर्मेन्टले कान्तिपुरसँग भनिन्,‘ बेइजिङस्थित हाम्रो दूतावासलाई पनि हामीले त्यहाँ जारी भएको विज्ञप्तिमा उल्लेखित तथ्यको परीक्षण गर्न भनेका छौं ।’

दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिहरुमध्ये एउटामा नेपालले ‘आफ्नो भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिन अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिलाई अस्वीकार गरेको’ जनाएको थियो ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस