आज:  २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

आजको राशिफल – Aajako Rashifal (2076-6-2), बिहिबार

AuthorAP Khabar २०७६ आश्विन २, बिहिबार ( ६ साल अघि) ८४१ पाठक संख्या

असोज , २ :

मेषः
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।

वृष:
इ उ ए ओ वा वी वु वे वो

हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला ।

मिथुन:
का कि कु घ ङ छ के को हा

दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।

कर्कटः
ही हु हे हो डा डि डु डे डो

दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ ।

सिंहः
मा मि मू मे मो टा टी टु टे

कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला ।

कन्या:
टो प पी पु ष ण

बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । वितादि लाभ पनि प्राप्त होला ।

तुला:
र री रु रे रो ता ती तू ते

पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ ।

वृश्चिकः
तो ना नी नू ने नो या यि यु

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ ।

धनुः
य यो भा भी भू ध फा ढ भे

जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

मकरः
जो जा जी खी खू खे खो गा गी

ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ ।

कुम्भः
गू गे गो सा सी सु से सो दा

शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

मीन:
दि दू थ भ ञ दे दो चा ची

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस