पौष ०१ काठमाडौं :
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसरफलाई मृत्यु दण्डको सजाय सुनाएको छ । पूर्व राष्ट्रपति मुसरफलाई पाकिस्तानको बिशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै उनलाई मृत्युदण्डको सजाय सुनाईएको हो ।
पूर्व सैनिक शासक मुसरफ हाल दुबईमा रहेका छन् । फैसलाको विस्तृत विवरण २४ घन्टापछि आउने बताइएको छ ।
उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेको भन्दै देशद्रोहको मुद्दा लगाइएको थियो ।सन् २०१३ देखि विचाराधीन मुद्धाको फैसला गर्दै विशेष खदालतले मुसरफाई मृत्युदण्डको फैसला सुनाईएको । पाकिस्तानी सञ्चारमाध्यमका अनुसारआदेश पाकिस्तानको इतिहासमै पहिलो हो ।
सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा हत्याएका थिए ।
पाकिस्तानको पत्रिका ‘डन’ले लेखेको छ “उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो।“
मुद्दाको सुनुवाइ हुँदाहुँदै मुशर्रफ सन् २०१६ मार्चदेखि यूएईको दुबईमा रहेका छन् । द एक्सप्रेस ट्रिब्यूनका अनुसार तीनमध्ये दुई न्यायाधीश मृत्युदण्डको पक्षमा रहेका थिए।
सो इजलासमा सेथ, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करिम रहेको बताईएको छ ।











प्रतिक्रिया दिनुहोस