आज:  २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ

AuthorAP Khabar २०७६ पौष १३, आईतबार ( ६ साल अघि) ४२५ पाठक संख्या

पौष १३ काठमाडौँ,

नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेल पक्राउ परेका छन् ।

सीमासम्बन्धी विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई महानगरीय प्रहरी परिसर काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो ।

परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार गजुरेललाई हनुमानथानस्थित निषेधित क्षेत्र तोड्ने क्रममा पक्राउ गरिएको हो। गजुरेलसँगै पक्राउ परेका उक्त पार्टी अन्य नेतारकार्यकर्तालाई नेपाल पुलिस क्लबमा राखिएको छ।

सीमा मिचिएकोलगायत विषयलाई लिएर आन्दोलन गर्ने क्रममा गजुरेललगायतको समूहले प्रहरीमाथि पनि ढुंगामुढा गरेको छ ।

ढुंगामुढा गर्दा २ जना प्रहरीसमेत घाइते भएका छन् । घाइते प्रहरी निरीक्षक वेद पौडेल र असई मानबहादुर तामाङको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस