आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकासँग तनाव बढ्दै गएपछि परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने इरानको घोषणा

AuthorAP Khabar २०७६ पौष २१, सोमबार ( ६ साल अघि) ५५२ पाठक संख्या

पौष २१ एजेन्सी

इरानले सन् २०१५ मा भएको एउटा अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्धलाई नमान्ने बताएको छ । अमेरिकी हवाई आक्रमणमा एकजना इरानी सैन्य जेनेरल मारिएपछि इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला इरानको यो भनाइ सार्वजनिक भएको हो ।

परमाणु संवर्द्धनका लागि आफ्नो क्षमता, त्यसको स्तर, त्यसको समृद्धिका लागि अन्य सामग्रीको भण्डार र अनुसन्धात तथा त्यसलाई विकसित गर्न रोक्ने कुनै पनि प्रतिबन्धको पालना नगरिने इरानले घोषणा गरेको छ । तेहरानमा ईरानी मन्त्रिमण्डलको बैठकपछि यस्तो भनाइ सार्वजनिक गरिएको हो ।

सन् २०१५ को परमाणु सम्झौताअनुसार ईरान आफ्नो संवेदनशील परमाणु गतिविधि सीमित गर्न र अन्तर्राष्ट्रिय निरीक्षकलाई आउने अनुमति दिन्थ्यो ।

यसको बादलामा ईरानमाथि लागेको प्रतिबन्ध समाप्त गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा यो सम्झौता रद्द गरेका थिए ।

प्रतिक्रिया दिनुहोस