आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकी सैनिक विमान दुर्घटना, तालिवानले खसालेको दाबी

AuthorAP Khabar२०७६ माघ १४, मंगलबार (४ साल अघि) ३३० पाठक संख्या

माघ १४ काठमाडौं

 अमेरिकी सैनिकको विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी सेनाले सोमबार अफगानिस्तानको पूर्वी क्षेत्रमा आफ्नो विमान दुर्घटनामा परेको पुष्टि गरेको छ ।

अमेरिकी सैनिकका उच्च अधिकारीले विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको  बताएका छन् । गजनी प्रान्तको देह याक जिल्लामा अमेरिकी सैन्य विमान दुर्घटनामा परेको हो ।

त्यस क्षेत्रमा विद्रोही तालिबानको बलियो उपस्थिति रहेको छ । दुर्घटनामा परेको विमानमा कतिजना सवार थिए भन्ने खुलाइएको छैन ।

तालिवानले दाबी गरेजस्तो विमान उसले खसालेको भन्ने कर्णेल लेगटले अस्वीकार गरेका छन् । तालिवानको सामाजिक सञ्जालमा पोस्ट भएको भिडियोमा अमेरिकी हवाई सेनाको लोगो युक्त विमान जल्दै गरेको देखिएको छ । तर भिडियोको पुष्टि भने हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस