आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकी सैनिक विमान दुर्घटना, तालिवानले खसालेको दाबी

AuthorAP Khabar २०७६ माघ १४, मंगलबार ( ६ साल अघि) ३७९ पाठक संख्या

माघ १४ काठमाडौं

 अमेरिकी सैनिकको विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी सेनाले सोमबार अफगानिस्तानको पूर्वी क्षेत्रमा आफ्नो विमान दुर्घटनामा परेको पुष्टि गरेको छ ।

अमेरिकी सैनिकका उच्च अधिकारीले विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको  बताएका छन् । गजनी प्रान्तको देह याक जिल्लामा अमेरिकी सैन्य विमान दुर्घटनामा परेको हो ।

त्यस क्षेत्रमा विद्रोही तालिबानको बलियो उपस्थिति रहेको छ । दुर्घटनामा परेको विमानमा कतिजना सवार थिए भन्ने खुलाइएको छैन ।

तालिवानले दाबी गरेजस्तो विमान उसले खसालेको भन्ने कर्णेल लेगटले अस्वीकार गरेका छन् । तालिवानको सामाजिक सञ्जालमा पोस्ट भएको भिडियोमा अमेरिकी हवाई सेनाको लोगो युक्त विमान जल्दै गरेको देखिएको छ । तर भिडियोको पुष्टि भने हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस