आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकाले कोरोना भाइरसबारे भ्रम छर्दै त्रसित पारेको चीनको आरोप

AuthorAP Khabar २०७६ माघ २०, सोमबार ( ६ साल अघि) ४८६ पाठक संख्या

माघ २० एजेन्सी।

चीनले कोरोना भाइरसबारे अमेरिकाले विश्वका जनतालाई भ्रम छर्दै त्रसित पारेको आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता हु चुन्यिङले अमेरिकी कदमले सहयोग भन्दा पनि डर उत्पन्न गर्न मद्दत हुने बताएका हुन् ।

सोमबार पत्रकार सम्मेलनमा प्रवक्ता चुन्यिङले सहयोग गर्नुको साटो अमेरिकाले आतंक मात्र बढाउने काम गरेको बताइन् ।

उनले भनेकी छन् कि चीन भ्रमण गर्नेलाई आफ्नो देश भ्रमणमा प्रतिबन्ध लगाउने र आंशिक रुपमा दूतावासका कर्मचारी फिर्ता गर्ने अमेरिका पहिलो देश हो ।

अमेरिकाले हालै दुईहप्ता अघि चीन भ्रमणमा गएकालाई अमेरिका प्रवेशमा रोक लगाएको र जनस्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।

चीनमा १७ हजारलाई संक्रमण र ३६१ जना संक्रमितले ज्यान गुमाएको बताइएको छ । फिलिपिन्समा एकजना संक्रमितको ज्यान गइसकेको छ भने विश्वभर १५० जनालाई संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस