आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

दुलही लिन जाँदै गरेको बेहुलाको हत्या

AuthorAP Khabar २०७६ माघ २२, बुधबार ( ६ साल अघि) ४३२ पाठक संख्या

माघ २२ लखनउ,।

 समाजमा विभिन्न किसिमका आपराधिक घटनाहरु बाहिर आइरहेका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण एक देशको घटना छिनमै विश्वभर पुग्ने गरेका छन् । यस्ता घटना कुनै कुनै त सोच्न पनि नसक्ने खालका हुने गरेका छन् ।

यस्तै घटना भारतको उत्तर प्रदेश राज्यमा घटेको छ । भारतको उत्तरप्रदेश राज्यको आजमगढमा बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको हत्या भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेर आएको समूहले बाटोमै गोली हानेर हत्या गरेका हुन् ।

मेहनगर थाना क्षेत्रअन्तर्गत सिंहपुर निवासी हरिषचन्द्र गुप्ताका २५ वर्षीय छोरा सुमितको हत्या भएको हो । लालगंज बजारस्थित लालबहादुर गुप्ताकी छोरीसँग मंगलबार राति उनको विवाह हुने कार्यक्रम थियो ।

बेहुली पक्ष जन्तीको स्वागतको तयारीमा जुटिरहेको समयमा करिब एक किलोमिटरको दूरीमा बेहुलाको हत्या भएको हो ।

विवाहका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गर्दा बाटोमै मोटरसाइकलमा आएको समूहले बेहुलामाथि गोली प्रहार गरेको बताइन्छ । कारको सिसा छेडेर गोली लागेको थियो ।

गोली प्रहार गरेलगत्तै हमलाकारीहरु मोटरसाइकलसहित फरार भएको बताइएको छ । प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सुमितको टाउकोमा गोली लागेको थियो ।

घटनालगत्तै सुमितलाई टीकरगढस्थित अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले सो क्षेत्रमा राति नै नाकाबन्दी गरेर चेकजाँच गरे पनि हत्यामा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन । गोली कसले चलाएको हो र किन हत्या ग¥यो भन्ने प्रष्ट हुन नसकेको प्रहरीको भनाइ छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस