फाल्गुन ०८ एजेन्सी ।
जर्मनीको हनाउ शहरका दुई स्थानमा हमला हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अज्ञात व्यक्तिले घटाएको उक्त घटनामा कम्तीमा पाँचजना घाइते भएको बताइएको छ ।
पहिलो बन्दुक आक्रमण हनाउको मध्य शहरमा भएको थियो भने दोश्रो घटना हानाउको छिमेकी केसलस्टाडमा भएको हो ।
प्रहरीले बीबीसीलाई बताए अनुसार राति करिब १० बजेतिरका घटना हुन् । घटनापछि सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
समाचारका अनुसार पहिलो हमलामा ३ जनाको मृत्यु भएको छ भने दोश्रो हमलामा ५ जनाको मृत्यु भएको छ । आक्रमणको कारण खुल्न सकेको छैन् ।
हनाउ शहर जर्मनीको फ्रान्कफर्ट शहरबाट २५ किलोमिटर पूर्वमा पर्छ । अहिलेसम्म आक्रमणको उद्देश्य थाहा हुन नसकेको प्रहरीद्वारा जारी एउटा वक्तव्यमा भनिएको छ।











प्रतिक्रिया दिनुहोस