आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

नाइजेरियामा एक सिपाहीले चार सहकर्मीको हत्या गरी आत्महत्या

AuthorAP Khabar २०७६ फागुन १५, बिहिबार ( ६ साल अघि) ३६९ पाठक संख्या

फाल्गुन १५ नाइजेरिया

नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् ।

नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरु दुई जना घाइते भएको उल्लेख गरिएको छ ।

सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।

उक्त घटनाका बारेमा सेनाले छानबिन शुरु गरेको प्रवक्ता मुसाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस