आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना भाइरसको संक्रमणका कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु

AuthorAP Khabar २०७६ फागुन ३०, शुक्रबार ( ६ साल अघि) ३८७ पाठक संख्या

फाल्गुन ३० एजेन्सी : कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ ।

इटलीमा बिहीबार मात्रै यति धेरै संख्यामा मानिसहरुको मृत्यु भएको हो । इटली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । यहाँ हालसम्म १५ हजार १ सय १३ जनामा कोरोनाको संक्रमण भएको छ भने एक हजार १६ जनाले ज्यान गुमाएका छन् ।

इटलीमा बिहीबार मात्रै २ हजार ६ सय ५१ जना नयाँ संक्रमित भेटिएका छन् । हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ४ हजार ९ सय ७२ जनाले ज्यान गुमाएका छन् । जसमध्ये बिहीबार मात्रै ३ सय ४४ जनाको मृत्यु भएको छ ।

हालसम्म १ लाख ३४ हजार ६ सय ७८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ती मध्ये ८ हजार तीन सय ४६ नयाँ संक्रमित हुन् । ६९ हजार १ सय ४२ जना व्यक्ति निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस