काठमाडौं : उत्तर कोरियाली नेता किम जोन उनको स्वास्थ्यावस्था सामान्य रहेको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । नेता किमले उत्तर कोरियाको ओनसानमा रहेर स्वास्थ्य लाभ गरिरहेको पनि जानकारी दिइएको छ ।
विश्वका केही सञ्चार माध्यमले नेता किमको मुटुको शल्यक्रिया गरिएको र स्थिति अत्यन्तै गम्भीर रहेको उल्लेख गरेका थिए । साथै नेता उन रहेको स्थान पनि अज्ञात रहेको भन्दै अनेकौं आशंका गरिएको थियो । तर नेता किमले सोमबार एक सन्देश पठाइ स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गर्नुभएको उत्तर कोरियाली समाचार पत्रले उल्लेख गरेको खबर साउथ चाइना मर्निङ पोष्टले प्रकाशित गरेको छ । तर नेता किमको तस्वीर भने प्रकाशित गरिएको छैन । पश्चिमी सञ्चार माध्यमले नेता किम पछि उहाँकी बहिनी किम यो जोङ सत्ताको उत्तराधिकारी बन्नेसमेत उल्लेख गरेका थिए ।
उत्तर कोरियाको राष्ट्रिय दिवसलगत्तै नेता किम जोन उन अनुपस्थित भएकोमा केही पाश्चात्य सञ्चार माध्यमले आशंका फैलाएको भन्दै दक्षिण कोरियाली राष्ट्रपति मून जाय इनका सुरक्षा सल्लाहकारले उहाँको स्वास्थ्य अवस्थाबारे स्पष्ट पार्नुभएको हो । चिनिया टेलिभिजन सिएनएनलाई अन्तरर्वार्ता दिंदै दक्षिण कोरियाली सुरक्षा सल्लाहकार मून चुङ इनले आफूहरु उत्तरकोरियाका सम्बन्धमा सँधै स्पष्ट र स्थिर रहेको बताउनुभयो ।
अन्तर्वार्ताका क्रममा उच्च सुरक्षा सल्लाहकार मूनले नेता किम हाल उत्तर कोरियाको पूर्वमा पर्ने पर्यटकीय नगरी ओनसाङमा रहेको र उहाँको स्वास्थ्य सामान्य रहेको बताउनुभयो । अप्रिल ११ तारिखदेखि नेता किमले सामान्य रुपमा काम नगरेको र सार्वजनिक समारोहमा नदेखिएको भन्दै कतिले उहाँलाई कोरोना भाइरसको संक्रमण भएको आशंका गरेका थिए । तर उत्तर कोरियाले अप्रिल ११ पछि कोरोना भाइरस संक्रमणको कुनै रिपोर्ट नआएको उल्लेख छ ।











प्रतिक्रिया दिनुहोस