आज:  २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

‘युवालाई रोजगार दिने अभियान शुरू’

AuthorAP Khabar २०७५ पौष ११, बुधबार ( ७ साल अघि) ५२९ पाठक संख्या

भक्तपुर , पुष ११ : नेपाल तरुण दलका महासचिव एवं नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले देशभरका युवाहरुलाई रोजगारी दिनेगरी देशव्यापी अभियान शुरु गर्न लागेको बताउनु भएको छ ।  मंगलबार मध्यपुरथिमिको राधे राधे चोक ग्लोरी स्कुल नजिकै संचालनमा आएको ‘द रोयल बर्गर हाउस’ को उद्घाटन गर्दै उहाँले नेपाल तरुण दलले अब देशव्यापी अभियान शुरु गर्ने भएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो–“आगामी माघ महिनादेखि उपत्यका लगायत देशको सातवटै प्रदेशमा ‘उद्यमशिल युवा सृजनशिल युवा’ अभियान शुरु गर्न लागेको छ, यसका लागि देशका सफल र ठूला उद्योगी ब्यावसयाीहरुसँग तरुण दलले छलफल गरिरहेको छ ।”पहिलो चरणमा देशभरका १० हजार युवालाई उद्यमी बनाउने उदेश्य रहेको बताउदै उहाँले व्यबसायमा सफल हुने सुत्र सहित युवाहरुलाई उद्यम र व्यबसायमा लगाउने बताउनुभयो ।

उहाँले भन्नुभयो–“बेरोजगार समस्या हटाउने दायित्व राज्यको हो तर अहिले युवाहरु आफै व्यबसायी बन्न थालेका छन्, युवाहरु आफै उर्जनशिल भएर काम गर्नु सबैको लागि प्रेरणादायी हो ।” उहाँले नेपाली कांग्रेसको महासमिति बैठकले का।ग्रेस पार्टी भित्रको विवाद र समस्या समाधान गर्न सफल भएको बताउदै कांग्रेस अब एक ढिक्का भएर अगाडि बढ्ने बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस