आज:  २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

Nevisanghaddhara protests in Birgunj

AuthorAP Khabar २०७७ बैशाख १२, शुक्रबार ( ५ साल अघि) ५६८ पाठक संख्या

दिपक चौरसिया
पर्सा : सरकारले ल्याएको अध्यादेश विरोध गर्दै काँग्रेस निकट नेपाल विद्यार्थी संघले आज देशभरी बिरोध प्रदर्शन गरेको छ । सोही क्रममा आज वीरगंजमा नेपाल विद्यार्थी संघ पर्साले सामाजिक दुरी पालना गर्दै वीरगंजको घण्टाघर चौकमा विरोध प्रदर्शन गर्दै अध्यादेश खारेजीको माग साथै नारायणी अस्पताललाई जनताको अस्पताल बनाउन माग गरेका छन् ।

अहिले नेपाली जनतालाई अध्यादेशको आवश्यकता छैन, कोरोनाको संक्रमणबाट बच्नु नै पहिलो प्राथमिकता भएकोले सरकारले ल्याएको अध्यादेश लोकतन्त्र र सविधान विरोधी भएकोले तुरुन्त खारेज गरेर जनतालाई राहत पु¥याउँन माँग नेवि संघले गरेको हो ।

विरोध प्रदर्शनमा नेवि संघका युवा नेताहरुले बिवादस्पद अध्यादेश खारेज गर, जनताको जीवन रक्षामा ध्यान केन्द्रित गरेर काम गर, सरकारको आसमा नरहौं घरमा बसी सुरक्षित रहौं, निरंकुशतन्त्र मुर्दावाद लगायत नारा लेखिएको प्लेकार्ड देखाउँदै सांकेतिक रुपमा विरोध लगाएका हुन् ।

विरोध प्रर्दशनलाई सम्बोधित गर्दै नेवि संघका जिल्ला अध्यक्ष विकास तिवारीले अहिले जनतालाई अध्यादेशको आवश्यकता छैन् विश्वभरी फैलिएको कोरोनाको संक्रमणबाट आफनो जनताको सुरक्षा गर्न आवश्यक रहेकोले यसमा ध्यान केन्द्रित गरेर अगाडी बढ्न सरकारलाई सुझाव दिए ।

साथै जिल्ला अध्यक्ष तिवारीले वीरगंजमा छुट्टै कोरोना विशेष अस्पताल संचालन गरी एक मात्र सरकारी अस्पताल नारायणी अस्पतालको सम्पूर्ण सेवा यथाशिघ्र संचालनमा ल्याउन माँग गरे । सो अवसरमा जिल्ला उपाध्यक्ष समिर मंसुर, शेस हजरा, क्षेत्रिय सभापति रंजित पटेल लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस