एजेन्सी;कस्मिरमा मंगलबार राति भूकम्प गएको छ।
नेसनल सेन्टर फर साइज्मालजीको वेबसाइटअनुसार श्रीनगरबाट ११ किलोमिटर उत्तर पश्चिम ३.६ रेक्टर स्केलको भूकम्प गएको हो।
समाचार एजेन्सी पीटीआईले यसको आधिकारिक पुष्टि गरेको छ। भूकम्पको झट्का राति ९:४० बजे महसुस गरिएको थियो।
जम्मु–कस्मिरमा द हिन्दु पत्रिकाका पूर्वप्रमुखले भने आज राति २ सेकेन्डको झड्का भूकम्पै थियो कि श्रीनगर एयरपोर्ट नजिक इन्डियन एयरफोर्समा जमिनमुनि २ सय किलोग्राम बम छ भन्ने जुन कुरा छ, त्यसको विस्फोट त होइन भनेरु ट्विटमा प्रश्न गरेका छन्।
कतिपय स्थानीयले पनि यो भूकम्प नभनेर कुनै विस्फोट पदार्थको धक्का भएको आशंका गरेको बीबीसी हिन्दीले जनाएको छ।











प्रतिक्रिया दिनुहोस