आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना महामारी : अमेरिका मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

एपी खबर २०७७ आश्विन ७, बुधबार ( ५ साल अघि) ४४९ पाठक संख्या

एजेन्सी–अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २ लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख ७ सय १० पुगेको हो। त्यहाँ हालसम्म ६८ लाख ९० हजार १४ जना संक्रमित भएका छन्।

अमेरिकामा सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कमा ३३ हजार ९० जनाको मृत्यु भएको छ। यस्तै, न्युजर्सीमा १६ हजार ७६, टेक्सासमा १५ हजार २ सय २, क्यालिफोर्नियामा १५ हजार १ सय ७१, फ्लोरिडामा १३ हजार ४ सय १६ र म्यासाचुसेट्समा ९ हजार ३ सय २८ जनाको मृत्यु भइसकेको छ।

यसैगरी, कोरोना संक्रमणबाट ब्राजिलमा १ लाख ३७ हजार २ सय ७२ र भारतमा ८८ हजार ९ सय ३५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस