आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

मेक्सिकोमा ७५ हजार कोरोना संक्रमितको मृत्यु

एपी खबर २०७७ आश्विन ९, शुक्रबार ( ५ साल अघि) ४४० पाठक संख्या

मेक्सिको सिटी : मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ ।

मन्त्रालयका अनुसार स्थानीय समयानुसार बिहीबार अबेरसम्ममा कोरोना संक्रमितको कुल संख्या सात लाख १५ हजार ४५७ पुगेको छ ।

मेक्सिकोमा लगातार आठ हप्तादेखि दैनिक संक्रमितको संख्या निरन्तर घट्दो क्रममा देखिएको छ । तर सरकारी स्वास्थ्य अधिकारीहरुले आगामी अक्टोबरमा कोरोना संक्रमणको दोस्रो लहर देखिने सम्भावना रहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोभिड–१९ लाई विश्वव्यापी महामारीको संज्ञा दिएको थियो । हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २० लाख नाघिसकेको छ भने मृतकको संख्या झण्डै १० लाख पुग्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस