आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारले अप्ठेरो पारेको भन्दै एमनेस्टी इन्टरनेशनलले भारतमा काम रोक्यो

एपी खबर २०७७ आश्विन १३, मंगलबार ( ५ साल अघि) ४४५ पाठक संख्या

नयाँदिल्ली–विश्वको ठुलो लोकतान्त्रिक भनिएको देश भारतमा अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एमनेस्टी इन्टरनेशनलले मंगलाबारदेखि आफ्ना सबै कामकाज रोकेको छ। भारत सरकारले यो वर्षको सुरुवातमा आफ्नो बैंक खाता रोकिदिएको र त्यसपछि संस्थाले धेरै कर्मचारी कटौती गर्नुपरेको आरोप लगाउँदै एमनेस्टीले भारतमा काम रोक्न वाध्य भएको जनाएको हो।

एमनेस्टी इन्टरनेशनलको भारतस्थित कार्यालयले सरकार आफूहरुविरुद्ध निरन्तर रुपमा लागिपरेको समेत आरोप लगाएको छ। तर भारत सरकारले भने एमनेस्टी नामको संस्था बैदेशिक सहयोग कानुनअन्तर्गत दर्ता हुन नसकेको बताएको छ। विदेशी अनुदान चलाउन यो कानुनअन्तर्गत दर्ता हुनुपर्ने तर्क भारतीय सरकारको छ।

प्रतिक्रिया दिनुहोस