आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

खुल्यो सुनै सुनले बनेको संसारको पहिलो होटल

एपी खबर २०७७ आश्विन १६, शुक्रबार ( ५ साल अघि) ४२७ पाठक संख्या

सुनै सुनले बनेको संसारको पहिलो होटल भियतनामको राजधानी हनोईमा खुलेको छ ।

त्यहाँका भित्तो, ढोका, झ्याल, कप, टेबल, खानेकुरा राख्ने भाँडो, शावर, भुइँ सबै सुनकै छन् ।

बिहीवार होटलको शुभारम्भ गरिएको हो । होटलको नाम डोल्चे हनोई गोल्डन लेक हो ।

यो फाइभ स्टार होटल हो र २५ तल्ले छ । होटलमा ४०० वटा कोठा छन् । होटलको बाहिरी भित्तोमा लगभग ५४ हजार वर्गफीटमा सुनौलो टाइल लगाइएको छ ।

होटलको स्टाफको ड्रेस कोड पनि रातो र सुनौलो छ । लबीमा फर्निचर र सजावटमा पनि सुनौलो कलाकृति छ ।

छतमा स्विमिङ पूल छ । त्यहाँबाट हनोई शहरको सुन्दर दृश्य देखिन्छ ।

मानिसहरूको आकर्षण यस होटलप्रति उच्च देखिएको छ । होटलको निर्माण सन् २००९ बाट शुरू गरिएको हो ।

यसलाई दक्षिणपूर्वी एसियाकै सबभन्दा विलासी होटल मानिएको छ ।

सुनले मानसिक तनाव कम गर्न सहायता गर्ने बताइन्छ । तनाव कम भएमा मात्र रिल्याक्स गर्न सकिन्छ । त्यसैले होटल व्यवस्थापनले होटलमा यति धेरै गोल्ड प्लेट राखेको हो ।

यस होटलको प्रेसिडेन्सिय सुइटमा बस्न एक रातको लगभग ८ लाख रुपैैयाँ तिर्नुपर्ने हुन्छ । होटलका कोठाहरूको सबभन्दा कम मूल्य नै लगभग ३० हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस