काठमाडौं : चीनमा एक लमु नाम गरेकी टिकटक चलाउने (टिकटोकर) महिलालाई उनका श्रीमानले मट्टीतेल खनाएर जलाएका छन् ।
अन्तर्राष्ट्रिय संचार माध्यम बिबिसीका अनुसार टिकटक एपमा हजारभन्दा बढी फलोअर्स भएकी उनको ९० प्रतिशत शरीरको भाग जलेको छ । शरीरको अधिकांश भाग जलेकी लुमको अस्पतालमा उपचारका क्रममा २ हप्तापछि निधन भएको हो ।
उनका श्रीमानलाई अहिले प्रहरीले प्रकाउ गरेको छ । सिचुवान प्रान्तमा बस्ने ३० वर्षीय लमुले आफ्नो टिकटक भिडियोमा गाउंँले परिवेशलाई देखाइकी बताइएको छ । लमुको भिडियोले अत्यन्त धेरैले हेरेको र थुप्रै चर्चा बटुलेको थियो ।
उनको गत ३० सेप्टेम्बरमा निधन भएको थियो । उक्त घटनाले चिनिया मिडिया जगतमा महिला हिंसाविरुद्ध आवाज उठाएको छ ।











प्रतिक्रिया दिनुहोस